२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्वास्थ्य सामाग्री खरिद प्रकरण

कोभिड–१९ : "स्वास्थ्य उपचार सामग्री ल्याउने जिम्मा सेनालाई दिइदै"

सरकार - सरकार बीच सहमतिमा ल्याउने तयारी

बिहिवार , चैत्र २०, २०७६

काडमाडौं, चैत । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धता अनुसार क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदको टेण्डर आह्वान नगरी सरकार सरकार बीचको सहमति (जीटुजी) मा ल्याउने तयारी गरेको छ ।

बुधबार ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बिहीबार तीन दिनको समय दिएर टेण्डर आह्वान गर्ने बताएका थिए ।

तर सरकारले त्यसलाई रोकेको छ । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज टेण्डर आह्वान भएन’ महानिर्देशक श्रेष्ठले भने ।

स्रोतका अनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ । सम्भवतः समितिले बिहीबार नै निर्णय गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार