२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

बैठककाे आज  तेस्रो दिन  : ' ११ प्रस्तावमाथि सदस्यले धारणा राख्नेक्रम जारी '

शुक्रवार , श्रावण २५, २०८१

 


काठमाडौ, साउन ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज  तेस्रो दिन हो । बैठक ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 


बैठकमा बुधवार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । 
साथै समयसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । 

बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले  जानकारी दिएका छन ।  

बुधवार प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। 

आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार