२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस पदाधिकारी बैठक 

केन्द्रिय समिति बैठक २३ गते बस्दै  : "  छलफलका एजेण्डा तय " 

सरकार सञ्चालन र महासमितिबाट पारित दस्तावेज : "  केन्द्रीय समितिमा छलफल गर्ने "

सोमवार , श्रावण २१, २०८१

काठमाडौँ, साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमितिबाट पारित दस्तावेज र सरकार सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ । 

सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले साउन २३ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गरेको हो । 

बैठकपछि सहमहामन्त्री जीवन परियारले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको बताए ।  उनका अनुसार बैठकमा महासमिति बैठकबाट पारित भएका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।

उनले भने, ‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकको तयारीका लागि आज सभापतिजीसँग छलफल भयो ।' 

महासमिति बैठकमा विभिन्न दस्तावेजहरु पेस भएर छलफल भएको छ । सुझावहरु आएका छन् । ती सुझावहरु समेत समेटेर दस्तावेजहरु पारित गर्ने कुरा भएको छ । 

त्यस्तै, 'अहिले नेपाली कांग्रेस सरकारमा छ । कांग्रेस किन सरकारमा छ र कसरी काम गर्छ भन्नेबारेमा समेत छलफल गर्नुपर्ने अवस्था छ ।'

उनका अनुसार सरकार सञ्चालनका विविध विषयहरुमा केन्द्रीय समितिमा छलफल हुने बताए । सभापति देउवाले सोमबार नै पार्टीका विभागहरुमा विभागीय प्रमुखहरु समेत मनोनित गरेका छन् ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार