काठमाडौँ, साउन । कांग्रेस राजनीतिलाई गति दिने र नेतृत्वदायी भूमिका निर्बाहा गर्दै आएका कोईराला परिवार एक ठाउँमा उभिएका छन । पार्टी नेतृत्वमा सुशिलपछि देउवामा गएको छ ।
यसअघिको महाधिबेशनमा पराजय भोग्नुपरेका शेखरले डा. सशांक र सुजताको सहयोग नरहँदा डा. शेखरले पराजय भोग्नुपरेको आम कांग्रेस बृत्तमा चर्चा छ । यही दृष्टान्तलाइ ध्यानमा राखेर कांग्रेसको आगामी महाधिबेशनमा भने तीनजना कोईराला नैै एक ठाउँ बस्ने बताएका छन ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी सुपुत्री एवम् कांग्रेस नेता सुजाता कोइरालाले डा. शेखरको सम्पर्क कार्यालय पुगेर पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने बचनबद्धता पकट गरेकी छन ।
शुक्रबार शेखरको सचिवालय पुगेकी सुजातालाई शेखरले स्वागत गरेका थिए । सुजातालाई स्वागत गर्न कोइराला समूहका नेता कार्यकर्ताहरु समेत जम्मा भएका थिए । नेता शेखर कोइरालाले बहिनी सुजातालाई आफ्नो सचिवालयमा खादा ओढाएर स्वागत गरेका थिए ।
'शेखर दाले बोलाउनुभयो, अब म पनि आएँ,' सुजाताले भनिन्, 'हामी एकजुट भएर अघि बढ्छौ, एक ठाउँमा भएनौँ भने कोही पनि नरहने स्थिति देनिथाल्यो । '
त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दासँग जोडिएको छु । शेखरदाले धेरै मिहिनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ। सुजाताले उपस्थित नेता तथा कार्यकर्ता माँझ भनिन् ।
उनले भनिन्, 'अब शशांक पनि यहाँ आउनुहुन्छ । हामी मिलेर नै अघि बढ्छौँ । हामी एकजुट हुनैपर्छ । हाम्रो बुवाहरुले, हजुरबाहरुले जुन सपना देख्नुभएको थियो, हामीले त्यसलाई पूरा गर्नैपर्छ ।'
यसअघि ०७८ को मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर सभापतिको उम्मेद्वार थिए । तर सुजाता भने प्रकाशमान सिंहको समूहबाट उपसभापति उम्मेदवार बनेकी थिइन् । त्यसबेला अर्का नेता शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सघाएका थिए ।
सुजाताले भनिन्, 'अबदेखि सातामा कम्तीमा पनि एकरदुई घण्टा शेखरको सचिवालयमा बिताउने गर्छु ।'
कार्यक्रममा सुजातालाई स्वागत गर्दै नेता डा. कोइरालाले कांग्रेस कमजोर हुँदा मुलुकमा लोकतन्त्र नै कमजोर हुने स्थिति रहेको भन्दै कांग्रेसलाई बलियो बनाउन सबैले पहल लिनुपर्ने बताए ।