२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बन्याे नयाँ सरकार

प्रधानमन्त्री ओलीले लिए शपथ :  "  को काे बन्दैन छन त मन्त्रीहरु ? "

सोमवार , आषाढ ३२, २०८१

 

काठमाडौँ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  ओलीले तेस्रो कार्यकालका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ साल फागुन ३ गते उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए । 

२०७८ साल बैशाख ३० गते उनी प्रधानमन्त्री भएकै बेलामा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेको समयलाई तेस्रो बनाएर अहिलेको शपथलाई चौथो भनी सरकारी रेकर्डमा उल्लेख भए पनि कार्यकाल सम्हाल्ने हिसाबमा भने यो तेस्रो पटक नै हो । 

यसपालि दुई ठूला दल नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् । 

दुई पार्टीबीच संविधान संशोधनको मुद्दा लिएर सत्ता गठबन्धन गरेको भए पनि अहिलेसम्म संविधानको कुन कुन बुँदा संशोधन गर्न खोजिएको हो भन्ने खाका तयार भएको छैन । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाएका छन् । त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउने छन् ।

मन्त्री बन्नेहरुको सूची :

१ . प्रकाशमान सिंह  – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६. आरजू राणा देउवा – परराष्ट्र
७. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५. मानवीर राई – रक्षा
१६ . राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. प्रदीप यादव – खानेपानी
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार