काठमाडौँ, असार । नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई समर्थन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत गरिएको बताए ।
उनले भने, 'एमाले र कांग्रेसबीच सत्ता साझेदारी गर्ने दुई दलका शीर्ष नेर्ताहरूबीच भएको समझदारीलाई बैठकले समर्थन गरेको छ ।'
यसैगरी बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए ।
उनले भने, 'बैठकले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषयलाई पनि अनुमोदन गरेको छ ।'