काठमाडौँ, असार । नेकपा (एमाले) को आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुरुप संविधानको धारा ७६ (२) को व्यवस्था बमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीतिक स्थायित्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
एमाले सचिवालय बैठकले गरेको निर्णय अहिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदैछ ।