काठमाडौँ, असार । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि सरकार संकटमा परेको छ । राजनीतिक रुपमा सरकारबाट भने राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् ।
माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
ुगलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने होु पौडेलले भने ।
माओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ु के आवश्यकता पर्यो संविधान संशोधन गर्ने ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइनु बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने ।