२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं महानगरपालिका  :  " २५ अर्ब ७० करोडको बजेठ ल्यायो "

सोमवार , आषाढ ११, २०८१

 

काठमाडौँ, असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५  अर्ब ७० करोड ६३ लाख  २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।  

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले  नगरसभाको १५औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा स‌ंशोधन गरेर २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ पुर्‍याइएको थियो ।

आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको डंगोलले सुनाइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार