काठमाडौँ, असार। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको एक करोड सात लाख सात हजार ८७८ कित्ता शेयर ६६ हजार ५१९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार ११६ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ५६, वित्त दुई दशमलव ११, जलविद्युत शून्य दशमलव १९, लघुवित्त एक दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव एक प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २४ करोड ३२ लाख १८ हजार ४९५ बराबरको तीन लाख ६४ हजार ६९५ कित्ता शेयर किनबेच भएको छ ।
रासस