२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  :" कांग्रेसभित्र फोहोर छ, सफा गर्न आवश्यक "

' फोहोर गर्नेलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ '

सोमवार , आषाढ ११, २०८१

 

काठमाडौँ, असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र फोहोर रहेको र त्यो सफा गर्न आवश्यक भएको बताएका छन् । 

महामन्त्री थापाले सोमबार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने,  'कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको  छ।'

उनले भने, सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक छ ।  'नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरूलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक छ । किनभने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । '

कांग्रेसभित्रको फोहोर सफा गर्न ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । काँग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेसभित्रको फोहोर थोरै छ ।

कांग्रेसभित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ महामन्त्री थापाले भने ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार