२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

 महामन्त्री थापाले भने : ' सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने '

शनिवार , आषाढ २, २०८१

 

काठमाडौँ, असार ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन । साथै उनले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताएका हुन ।  

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा उनले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको सङ्ख्या घटाउनुपर्ने बताएका हुन । 

महामन्त्री थापाले सङ्घीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री बनाउनुपर्ने विचार व्यक्त गरे । उनले केन्द्रजस्तै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने बताए ।  पूर्वमन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।  

उनले प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सृजना गरेको उल्लेख गरे ।  

(एमाले)सँग कांग्रेसले छलफल गरे पनि सरकार परिवर्तनका निम्ति कसैसँग छलफल नगरेको स्पष्ट पारे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार