२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

‘ बजेट महत्वकाङ्क्षी भयो, कार्यान्वयनमा चुनौती

सोमवार , जेठ २१, २०८१

‘

काठमाडौँ, जेठ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बजेट बढी महत्वकाङ्क्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गरेका छन् । 

आर्थिक वर्ष २०८१/ ८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद पूजा चौधरीले बजेट बढी महत्वकाङ्क्षी भएको टिप्पणी गरे ।  

बढ्दो महँगीमा कर्मचारी तलब वृद्धि हुनुपर्ने भन्दै उनले तलब वृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए । 

सांसद तुलप्रसाद विश्वकर्माले पहिलेको तुलनामा यस पटकको बजेटले जनतामा केही आशा जगाउँदै नयाँपन ल्याएको टिप्पणी गरे । आगामी वर्षलाई कृषि दशक भनिए पनि कृषिमा बजेट घटेर आएको उनको भनाइ छ । उनका अनुसार बजेटले वैदेशिक ऋणलाई घटाउँदै लैजानुपर्ने छ । 

सांसद अन्जान शाक्यले समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको टिप्पणी गरे । “निजी क्षेत्रका लागि आवश्यक रकम कसरी जुटाउनेरु”, उनले प्रश्न गर्दै भने, “विभिन्न नीतिगत कारण बैँक, वित्तीय संस्थाले निजी क्षेत्रलाई कर्जा विस्तार गर्न नसकेको अवस्था छ ।”  

सांसद नरबहादुर विष्टले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्ने प्रतिबद्धतालाई कानुनी रुपमा लागु गर्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद पदमबहादुर परियारले समग्रमा बजेटले सबै क्षेत्रलाई समान रुपमा समावेश गरेको टिप्पणी गरे ।  

सांसदहरु सोनाम गेल्जेङ शर्पा र गोमादेवी तिमिल्सीनालगायतले बजेट जनताकेन्द्रित भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार