२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आगामी  बजेट 

आर्थिक बिकास  : "  पाँच रुपान्तरणकारी क्षेत्र पहिचान  तोकियो "

कृषि , ऊर्जा , सूचना प्रविधि, पर्यटन प्रवद्र्धन, उद्यमशीलता तथा औद्योगिक  क्षेत्र

मंगलवार , जेठ १५, २०८१

 

काठमाडौँ,  जेठ ।  सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्दै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताएका छन । 

अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ ।
 
सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार