२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  :  तोलामा रु एक हजार आठ सयले घट्यो 

शुक्रवार , जेठ ११, २०८१

 

काठमाडौँ,  जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ५५ निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार