२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संसदमा सरकारको रबाफ

विपक्षी दल बैठक  :  'सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन एकजुट'

शुक्रवार , जेठ ४, २०८१

 

काठमाडौँ, जेठ । प्रतिनिधि सभामा विपक्षी दलहरुले नेपाली कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ । संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा कांग्रेससँगै राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भएका थिए । 

बैठकमा जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव , राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए । 

त्यस्तै नेपाली कांग्रेसबाट उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा सहभागी थिए ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार