२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

'लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस नै अगाडि बढ्नुपर्छ ':  नेता डा कोइराला

बिहिवार , जेठ ३, २०८१

 

काठमाडौँ, जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताएका छन । 

प्रजातान्त्रिक विचार समाजद्धारा आज यहाँ आयोजित २६औँ साधारणसभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन ।  

“राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन”, उनले भने ।

मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले थपे, यसलाई अगाडि बढाउन कांग्रेस नै अग्रसर हुनुपर्छ ।  

नेता डा कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा  सहजीकरण गर्नुपर्ने बताए ।  

उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार