२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रधामन्त्री - सभापति देउवा भेटवार्ता

छलफलपछि लेखकले भने : " प्रधानमन्त्री संसदीय समिति बनाउन  सकारात्मक "

आइतवार , बैशाख ३०, २०८१

 

काठमाडौँ, वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उहाँहरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।  

भेटवार्तामा कांग्रेसका नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने लगायतका आफ्ना मुद्दाबारे जानकारी गराएको बताएका छन ।  

कांग्रेसका मागका सन्दर्भमा प्रधानमन्त्री दाहाल सकारात्मक रहनुभएको नेता लेखकले बताए ।  सो सम्बन्धमा कांग्रेसको सोमबार बस्ने संसदीय दलको बैठकमा छलफल तथा निर्णय हुने उनले बताए ।  

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । 

सरकारले आगामी जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ । 

त्यसअघि सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेसका सभापति देउवासहितका नेताहरुसँग आज छलफल गरेका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार