२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष उपेन्द्र यादव

शनिवार , बैशाख २९, २०८१


जनकपुरधाम, वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकीर गर्नुभएको छ ।

मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।
 
 विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उहाँले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असरनपर्ने दाबीसमेत गर्नुभयो । 

आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उहाँले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताउनुभयो ।  

पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उहाँको भनाइ थियो । 

आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार