२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 'श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड ' : चेम्बर अफ कमर्स

बुधवार , बैशाख १९, २०८१

 

काठमाडौँ, वैशाख । नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । 

एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको हो ।

 नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने जनाएको छ । 

श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले उत्पादन र उत्पादकत्व बढ्ने उल्लेख गरेको छ ।

 “चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “स्वास्थ्य सेवामा श्रमिकको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।” 

निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार