२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेसले भन्यो  :  " अन्योलता बढ्यो, यो सरकार धेरै अघि जादैन "

गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त

सोमवार , बैशाख १०, २०८१

 


काठमाडौँ। बैशाख । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् । 

सोमबार नेपाल प्रेस युनियनले इटहरीमा गरेको कार्यक्रममा प्रवक्ता महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयूसमेत छोटिदैँ गएको बताए ।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे  छलफल नभएको बताए ।

‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भन्नुभएको छ । सबैको विचारहरू आइरहेका छन् ।

कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउने गरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे । 

अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताए । 

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भएपनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि जथाभावी बजेटको दुरुपयोग गरिहेको उनको भनाइ छ ।

कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार