२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एमाले प्रतिनिधि परिषद्‌ 

बैठकले गर्यो १५ बुँदे प्रस्ताव पारित : " सत्ता सहकार्य कमजोर पार्ने गतिविधि नगरौँ "

एमालेकाे ब्याख्या : 'उ सत्तामा भए स्थिरता , नभए मुलुक थप अस्थिरता र अन्यौलतातर्फ !'

आइतवार , बैशाख ९, २०८१

 

काठमाडौँ, बैशाख । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।  पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापनका क्रममा  १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव  पारित  यस्तो आग्रह गरेको हो ।

मुलुकलाई थप अस्थिरता र अन्यौलतातर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले सञ्चारकर्मीलाई जानकारी दिए ।

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत् आजका मुख्य समस्याहरुलाई समाधान गर्नेगरी तालिकाबद्ध रुपमा काम गर्न सरकारलाई पनि सुझाव दिइएको उपमहासचिव रिमालले  सञ्चारकर्मीलाई बताए । 

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ ।

अत्यन्त असहज र प्रतिकुल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पुर्‍याउन कुशलतापूर्वक अगुवाई गर्ने अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवाद ज्ञापन गरेको पनि उपमहासचिव रिमालले जानकारी दिए ।

'यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प गर्दछ ' उनले भने ।

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकतावद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आहृवान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार