२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

विश्व स्वास्थ्य संगठन

विश्वभरमा कोरोना : "हालसम्म ३१ हजारकाे मृत्यु , एकैदिन ३ हजार ५ सयले ज्यान गुमाए "

सबैभन्दा धेरै इटालीमा : 'एकै दिन ८८९ को मृत्यु'

शनिवार , चैत्र १५, २०७६

काठमाडौँ, चैत । कोरोना संक्रमण (कोभिड-१९) बाट एकै दिन ३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन्।  विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३ हजार ५०७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सबैभन्दा धेरै इटालीमा एकै दिन ८८९ जनाको मृत्यु भएको छ। 

स्पेनमा एकै दिन ८४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९४७ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा ५१५ थपिएर मृतकको संख्या २१२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एकलाख २३ हजार ४२८ पुगेको छ।  यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या  ३० हजार ८५१ पुगेको छ। 

विश्वभर ६ लाख ६२ हजार ९६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९५३ जना उपचारपछि निको भइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार