२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  :  " तोलामा रु एक हजार सात सयले बढ्यो "

मंगलवार , बैशाख ४, २०८१

 

काठमाडौँ,  वैशाख ।  स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । 

लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । 

तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार