२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  ः प्रतितोला रु एक हजार छ सयले बढ्यो

सोमवार , चैत्र १९, २०८०

 

काठमाडौँ,  चैत । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ । 

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार