२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवाले भने  : " आगामी निर्बाचनमा  कांग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टी बनाऔँ "

नेपाली कांग्रेस  पूर्ण रुपमा समावेशी

आइतवार , चैत्र १८, २०८०

 

काठमाडौँ,  चैत ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा बोल्दै देउवाले भने, 'आगामी निर्वाचनमा कांग्रेसलाई  बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गरौँ ।' 

उनले थपे, 'पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तिकरण गर्दै कांग्रेसलाई बलियो बनाउने गरी कामक गरौँ ।'
 
कांग्रेसले पार्टीको विधानमा नेपालको संविधान अनुसार नै समावेशीको  ब्यवस्था गरेका छ । यस मानेमा हाम्रो दल पूर्ण रुपमा समावेशी छ । 

नेपालको संविधान अनुसार समावेशी छ । तर यस्तो काम गरेको, यसको लागि लडेको पार्टीमा आपसी एकताको कमीहोस, जे सुकैको कमीले होस् । यद्यपी हाम्रो पार्टी ठूलो बनेको छ । 

'अहिलेको हिसाबले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन,' देउवाले भने, ' बहुमत प्राप्त गर्न सजिलो पनि छैन ।' 

'अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ । '

'भोलि बहुमत ल्याउनसक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरूको धेरै ठूलो योगदान हुन्छ । महिलाहरूको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन ।'

देउवाले पार्टीमा आबद्ध सबैले एकआपसमा मिलेर अगाडि बढेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताएका थिए । 

त्यस्तै, समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार