२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  :  दुई हजार छ सयले बढ्यो

बिहिवार , चैत्र ८, २०८०

 

काठमाडौँ, चैत । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ ।
 
यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार  ५२० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार