२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नयाँ सत्ता गठबन्धन

महामन्त्री थापाले भने : " प्रधानमन्त्रीको कुर्सी बन्नु पहिल्यै हल्लियो " 

'प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा छन'

आइतवार , फाल्गुण २७, २०८०

 

काठमाडौँ, फागुन । नयाँ सत्ता गठबन्धबाट बनेका  प्रधानमन्त्री पुष्पकमल दाहाल कुन बेला पदबाट हट्नुपर्ने हो भन्ने त्रासमा रहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  टिप्पणी गरेका छन् । 

महामन्त्री थापाले गोदावरी नगरपालिका ललितपुरको ८ औं स्थापना दिवस समारोहमा  आईतबार बोल्दै भने,  'युद्धस्तरमा काम गरेर मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने देशको प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा छन ।'  

उनले थपे,  प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै  कुर्सी हल्लिएको छ , प्रधानमन्त्रीको कुर्सी अहिले पहिलाभन्दा पनि कमजोर बनेको छ । बन्नुभन्दा पहिल्यै हल्लिएको छ, 'कतिखेर म यहाँबाट धकेलिने र लड्ने हो भन्ने डरले प्रधानमन्त्रीलाई सताएको छ ।'

उनले यसपटक अबका निर्वाचनमा कसैले कसैसँग गठबन्धन नगर्ने गरी सिकाइ भएको बताएका छन् । ‘हामीले नेपालमा थुप्रै खालका अनुभवहरु बटुलेका छौँ । '

यस पटकको अनुभवले नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूलो राजनीतिक दलहरुलाई एउटा राम्रो पाठ सिक्ने अवसर मिलेको छ,' उनले भने, 'मलाई लाग्छ, अबका निर्वाचनमा कसैले कसैलाई बोक्नेछैन । किनभने यसले हामीलाई कुनै प्राप्ति भएको छैन, बरु गुमेको छ ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार