२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

राष्ट्रियसभा अध्यक्ष निर्बाचन  : "  कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने "

आइतवार , फाल्गुण २७, २०८०

काठमाडौँ, फागुन ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । 

यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रियसभा सदस्य बनाएको थियो । तर तत्कालीन गठबन्धन टुटेपछि कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् । 

०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका उनी ०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए ।

नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिकरुपमा पछि परेका उनी दुई पटकसम्म बागी उम्मेदवार समेत बनेका थिए उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर ०७८ सालमा राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार