२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा बैठक

कांग्रेस सचेतक लेखकले भने  : " गठबन्धनले पाँच बर्षलाई मत मागेका थियौ, जनमतको अपमान भयो "

'मुलुकलाई शृंखलाबद्ध अस्थिरतामा लगियो' : कांग्रेस

बिहिवार , फाल्गुण २४, २०८०

 


काठमाडौँ, फागुन । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पु्ष्पकमल दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताएको छ । 

प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सम्बोधन गर्दै उनले दाहालले इमान नदेखाएको उल्लेख गरे । उनले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए । 

'जनताले दिएको आफ्नो जिम्मेवारी बाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।'

उनले गठबन्धनकाप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको उल्लेख गरे ।

'एक जना दुईजना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम गर्नुभयो' लेखकले भने । उनले कांग्रेसको प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार