२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी

अध्यक्ष लिङ्देनले भने :  'आन्दोलनका लागि परिस्थिति झन् अनुकूल बन्दै'

बुधवार , फाल्गुण २३, २०८०

 

काठमाडौँ, फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आन्दोलनका लागि परिस्थिति झनै अनुकूल बन्दै गएको बताएका छन् । 

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले राप्रपाले आन्दोलन सुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन् अनुकूल बन्दै गएको बताए ।

उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको समेत दाबी गरे । अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै उनले यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

हामीले आन्दोलनको सुरुवात गर्‍यौँ, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन् भन्दा झन् हाम्रो लागि अनुकुल बातावरण बन्दै गएको छ । 

आन्दोलनका लागि ठिक बातावरण बनेको छ,' उनले भने, 'अहिले यो नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो ।' 

'मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ कि यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ ।'  त्यसकारण अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै छ ।'

अध्यक्ष लिङदेनले राप्रपाले उठाएको मुद्दा ठिक रहेछन् भन्ने कुरा जनतालाई लाग्ग थालेको दाबी गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार