२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सन्दीपले गरे ‘कोरोना राहत काेष’मा १ लाख दिने घोषणा

बिहिवार , चैत्र १३, २०७६

काठमाडौं, चैत । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीपले सरकारी राहत कोषमा १ लाख घोषणाा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा नेपाली रुपैयाँ एक लाख सहयोग रकमको घोषणा गरेका हुन् ।

 

उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि सरकारले आपतकालीन कोष खडा गरेको हो ।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् भने दुई जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार