२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नयाँ सत्ता गठबन्धन

चार राजनीतिक दल बैठक  : "  ८ बुँदे सहमति, सरकारलाई प्रभावकारी बनाईने "

सोमवार , फाल्गुण २१, २०८०

 

काठमाडौँ, फागुन । नयाँ सत्ता गठबन्धनमा जोडिएका चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष /उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका छन् । 

गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार सरकारलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । 

नपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र समाजवादी पार्टी, नेपालका प्रमुख नेताहरुले सहमतिमा हस्ताक्षर गरेका छन् ।

‘जनचाहना अनुरूप सुशासन, विकास जनता र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो बन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्गीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई  निष्कर्षमा पुगेका छौं’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार