२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सत्तामा नयाँ गठबन्धन

माओवादी, एमाले र रास्वपा सरकारमा  : "  तीन बिना विभागीय मन्त्रीले लिए शपथ "

सोमवार , फाल्गुण २१, २०८०

 


काठमाडौँ,  फागुन । नयाँ गठबन्धन बनेसँगै सोमबार साँझ तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।


नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना विभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । 

शीर्ष नेताहरूबीच सहमति भएपछि मात्र उनीहरूको जिम्मेवारी तोकिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार