२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस पदाधिकारी बैठक निष्कर्ष 

कांग्रेस बैठक निर्णय  : ‘अब आफूहरु प्रतिपक्षको बेन्चमा बस्ने ’ 

सोमवार , फाल्गुण २१, २०८०

 

काठमाडौँ, फागुन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस फेरि प्रतिपक्षमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको हो । 

अब आफूहरु प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षमा बस्ने जानकारी दिएका हुन् ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए । 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार