२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मुलुक समृद्धितर्फ

अर्थमन्त्री डा.महतले भने : " आर्थिक गतिविधि चलायमान, विकासको अभियान प्रारम्भ "

मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा

शनिवार , फाल्गुण १९, २०८०

 

त्रिशूली (नुवाकोट), फागुन । अर्थमन्त्री डा प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताउनुभयो । 

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको सङ्क्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । “नेपालमा अब विकासले क्रमशः गति लिएको छ ।

हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । शेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।

देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताउनुभयो ।

“आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पु¥याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।

बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीका अवसरमा अर्थमन्त्रीले विद्यालयका लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार