२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कार्यव्यवस्था परामर्श समिति बैठक

प्रि-बजेट प्रस्तावबारे छलफल : "  सोमबार प्रतिनिधिसभामा प्रस्तुत हुने  "

फागुन २१ देखि छलफलमा ल्याइँदै

आइतवार , फाल्गुण १३, २०८०

काठमाडौँ, फागुन । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । 

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । 

अर्थमन्त्री प्रकाशशरण महतले प्रि-बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् ।

प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डर अनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । 

प्रि-बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । 

यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार