गोदावरी, फागुन । चार दिनदेखि चलेको नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गरिएका विभिन्न चारवटा प्रस्ताव चारवटै बृहद् छलफलपछि सर्वसम्मतिले पारित भएका छन् ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।
यी चारवटै प्रस्तावमाथि उपस्थित प्रतिनिधिबीच र्बहद् छलफल भएको थियो । र सबै प्रसताव बैठकले सर्बसम्मतिले पारित गरेको छ ।
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गरेका हुन् ।
यससँगै महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी एकता गर्ने छैन । यसबाट अब कांग्रेस मतदाताले रुख चिन्हमै छाप लगाउन पाउने भएका छन् ।
यसअघिको गठबन्धनका कारण कांग्रेसी नेता कार्यकर्ता र मतदाताले अन्य दलका चुनाव चिन्हमा मतदान गर्न विवश भएका थिए ।