गोदावरी, फागुन । नेपाली कांग्रेसमा महासमिति बैठकबाट पार्टीभित्र बृहत् एकता देखिएको नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
महासमिति बैठकको समापनका अवसरमा आफ्नो धारणा राख्दै नेता सिटौलाले महासमिति बैठकले दलभित्र एकता र बलियो रहेको सन्देश दिएको पनि बताए ।
'सम्पन्न महासमिति बैठकले कांग्रेसभित्र बृहत् एकताको शन्देश दिएको छ, आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ परिणाम निकाल्ने सन्देश लिएर अब सबै फर्कौं’ सिटौलाको भनाइ थियो ।
उनले थपे, ' संविधान बनाएको कांग्रेसले नै र यसको कार्यान्वयनमा पनि भूमिका देखाउनुपर्ने अवस्था आएको छ ।'