२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै

बिहिवार , फाल्गुण १०, २०८०

काठमाडौँ,फागुन।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज हँुदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले  जानकारी दिनुभयो ।
 
 बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।
 
 उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार