२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस महासमिति बैठक

महामन्त्री थापाकाे प्रस्ताव : 'आफ्नै तागतमा चुनाव लड्छौँ '

कांग्रेसीले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ  

मंगलवार , फाल्गुण ८, २०८०

 

काठमाडौँ,  फागुन  ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् ।उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् । 

चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब दिन नपाइने भन्दै अडानमा रहँदै आएका थिए । 

थापाको सो अडानमा अन्तिम समयसम्म डटिरहेपछि बाध्य भएर देउवा पछि हटेपछि थापाले सोही मुद्दासहितको प्रतिवेदन पेश गरेका हुन् । मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्नेसमेत बताएका छन् । 

उनले भने, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’ 

उनको ३८ पृष्ठ लामो प्रतिवेदनमा सांगठनिक अवस्था, सांगठनिक सुधार र कार्ययोजनाका २० बुँदा समेटेका छन् । साथै उनको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने केही विषय र विकल्पलाई समेटेका छन् । 

जसमा सदस्यता, नेतृत्व चयन प्रक्रिया, समावेशीता, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया,, भ्रातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समिति लगायतका २० विषय समेटिएका छन् । 
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार