काठमाडौँ, फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्नुपर्ने सांगठानिक प्रस्तावमा सहमति भएको छ । महामन्त्री गगन थापाले तयार गरेको साङ्गठनिक प्रस्तावमा सभापति शेरबहादुर देउवा समूहबीच छलफल हुँदा सहमती जुटेको हो ।
महामन्त्री गगन थापाको प्रस्तावमा बिशेषतः कांग्रेस नेता तथा कार्यकर्तालाई रुखमा भोट हाल्न नलगाउने मुद्दा नै पेचिलो बनेको थियो । सो प्रस्तावमा महामन्त्री थापाले राखेको प्रस्तावमा देउवा सहमत भएका हुन् ।
योसँगै महामन्त्री थापाको साङ्गठनिक प्रस्ताव सभापति शेरबहादुर देउवा र उनी निकटको टिमले सहमति जनाएको जनाएको छ । अब महासमिति बैठकमा सो साङ्गठनिक प्रस्ताव प्रस्तुत हुने तयारी गरिँदैछ ।
हाम्राकुरा डटकम लेख्छ, महामन्त्रीको साङ्गठनिक प्रस्तावमाथि आइतबारदेखि पटक पटक सहमति जुटाउने प्रयास भएको थियो ।
महामन्त्री थापाको प्रस्तावबारे सोमबार देउवा निवास बुढानीलकण्ठमा करिब पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा भएको छलफलसँगै सहमति जुटेको हो ।
खागगरि नेपाली कांग्रेसका मतदाता र शुभेच्छुकहरूलाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने वातावरण बनाउने गरि 'प्रि पोल एलाइन्स' नगर्ने सन्दर्भमा महामन्त्री थापाले प्रस्ताव राखेका थिए ।
प्रस्ताव उपर सभापति देउवा र उनको टिम सकारात्मक हुन सकेको थिएनन् ।
महामन्त्री थापाले अहिलेको 'प्रि पोल एलाइन्स' को सन्दर्भमा पार्टीले अहिले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकलाई कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्ने वातावरण बनाउने कुरालाई यो महासमितिले आश्वस्त पार्नुपर्ने बताउँदै देउवामाथि दबाब बढाएका थिए ।
साथै विवादित २९ निर्वाचन क्षेत्रका महासमिति सदस्यलाई पर्यवेक्षकको रूपमा सहभागी गराउने गरि निर्णय भएको छ ।