२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

 कांग्रेस केन्द्रीय समिति  बैठक

युवा नेता पौडेलले भने  : "  महासमिति बैठकमा आन्तरिक सुशासनमा छलफल हुनैपर्छ " 

शुक्रवार , फाल्गुण ४, २०८०

 

काठमाडौँ, फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकमा पार्टीभित्रको आन्तरिक सुशासनका विषयमा छलफल हुनुपर्ने बताएका छन् । 

महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेका प्रतिवेदनहरुमाथि केन्द्रीय समिति बैठकमा चलिरहेको छलफलमा नेता पौडेलले महासमिति बैठकमा पार्टीको आन्तरिक सुशासनको विषयलाई छुटाउन नमिल्ने बताए ।

'प्रतिवेदनहरुमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने विषयहरु समावेश भएका छन् । तर पार्टीले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्र पहिले सुशासन कायम हुनु आवश्यक छ । ' 

उनले भने, ' हामी आफ्नै पार्टीका सदस्यहरु भ्रष्टाचार या फोजदारी मुद्धामा मुछिँदा कत्तिपनि जवाफदेहिता देखाउँदैनौँ, फौजदारी मुद्धामा मुछिएका व्यक्तिहरुलाई पार्टीमा नेता मानेर दस्तावेजमा भने शुन्य सहनशिलताको कुरा गर्छौ भने त्यो व्यवहारिक हुदैन ।'

'त्यसरी भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति कायम हुन्छ भन्ने लाग्दैन ।' उनले मुलुकमा सुशासन कायम गर्न पार्टीले पहिले आफैँभित्र त्यसको अभ्यास गर्नुपर्नेमा जोड दिए ।

नेता पौडेलले प्रतिवेदनहरुले समस्याको पहिचान गरेको, तर समाधानको बाटो देखाउन नसकेको आरोप लगाए ।

 'म खाली आलेचना मात्रै गर्दिनँ। तीनवटै दस्तावेजले सुशासन र भष्टाचार नियन्त्रण गर्नुपर्ने विषय उठाएका छन् । यद्दपि, सुशासन कायम गर्ने र भ्रष्टाचार कसरी अन्त्य गर्ने भन्ने कार्ययोजना भने दस्तावेजले दिन सकेको देखिदैन,' बैठकमा पौडेलले भने ।

उनले पार्टीको यति ठूलो महासमिति बैठक भइरहेको भएपनि त्यसले आम जनमानसमा उत्साह जगाउन नसकेको बताए ।

'कांग्रेसले नीति महाधिवेशन गर्दैछ, के-कस्ता एजेण्डा लिएर आउँछ ? भनेर सबेलाई चासो छ,' उनले भने, 'तर अहिले आएका कुनै पनि एजेण्डाले नागरिकमा आशा जगाउने अवस्था छैन । कुनै उत्साह छाएको छैन । हिजोको अवस्थामा कुनै फेरबदल हुने अवस्था छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार