२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस   केन्द्रिय समिति

कांग्रेस बैठक :   " महासमितिमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल "

अर्को बैठक शुक्रबार विहान ९ बजेबाट बस्ने

बिहिवार , फाल्गुण ३, २०८०

 

काठमाडौँ, फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । 

बिहीबार महासमितिको तयारीका विषयमा छलफल गर्न बोलाइएको बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।

जसमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरुमाथि छलफल सुरु भएको पार्टीका सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

उनका अनुसार बिहीबारको बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री एवम् पार्टीका प्रवक्त प्रकाशशरण महतले जानकारी गराएका थिए भने स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले गरेका कामबारे जानकारी गराएका थिए ।

केन्द्रीय समितिको अर्को बैठक शुक्रबार विहान ९ बजेबाट बस्ने कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार