काठमाडौँ, माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
फागुन ३ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमिति सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
महासमिति बैठकको मिति नजिकिए अझै केही जिल्लाबाट महासमिति सदस्यहरुको टुंगो लागेको छैन । बाँकी सबै तयारी अन्तिम चरणमा पुगेको सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
ललितपुरको गोदावरीमा हुने बैठकमा देशभरिबाट करिब २ हजार ५०० नेता कार्यकर्ता सहभागी हुनेछन् ।