२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघ निर्बाचन : 'अध्यक्षमा भण्डार चयन'

आइतवार , माघ २८, २०८०

 

काठमाडौँ, माघ ।  नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडमा सुरेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ ‘सञ्ंचालक समिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले सुरेन्द्र भण्डारीलाई पून अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको सञ्चालक समितिको उपाध्यक्षमा पुष्पबहादुर पौडेल, सचिवमा तुलसीप्रसाद सापकोटा तथा कोषाध्यक्षमा शरदकुमार मर्हजन चयन गरेको छ । 

सञ्चालकहरुमा कोशी प्रदेशबाट गीता पौडेल, मधेश प्रदेशबाट शम्भुलाल श्रेष्ठ, बागमती प्रदेशबाट नरेन्द्र विष्ट, गण्डकी प्रदेशबाट विपिन मल्ल, लुम्विनी प्रदेशबाट भुपेन्द्रप्रसाद अधिकारी, कर्णाली प्रदेशबाट चन्द्रप्रसाद थानी र सुदुर पश्चिम प्रदेशबाट सुरेन्द्रकुमार शाह चयन हुनुभएको छ । 

त्यसैगरी, खुल्ला संचालकमा प्रतिभा मुडभरी, कमला विष्ट, दिलबहादुर महर्जन, लक्ष्मणप्रसाद बिडारी, तिर्थराम डंगोल, बिदुरमान सिंह बस्नेत, चन्द्रकृष्ण श्रेष्ठ र भुवनमान शाक्य चयन भएका छन् ।  

निर्वाचनमा  संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोलाप्रसाद शर्मा खरेल र दुई सदस्यमा  न्यूछेमाया महर्जन र राममणि तिमिल्सिनालाई चयन गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार