२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छः नेता गौतम

बुधवार , माघ २४, २०८०

काठमाडौँ, माघ ।सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताउनुभएको छ ।/>राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्नसकिने धारणा राख्नुभयो । 
       
नेता गौतमले अहिले कमजोर रुपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताउनुभयो । “अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ, तर यसलाई सुधार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “सरकारमा भएकाले मात्रै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन, सरकार बाहिरका दलको पनि उत्तिकै भूमिका हुन्छ । मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने सबैको चिन्तन जरुरी छ । यो सरकार मात्रै होइन, नयाँ संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले यसलाई सुधार गर्ने प्रयास गरेनन् ।”
नेता गौतमले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार