२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल राष्ट्र बैंक भन्छ

चालु आवको पहिलो ६ महिना : " ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो "

 गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशतले बृद्धि

मंगलवार , माघ २३, २०८०

 

काठमाडौँ, माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्समार्फत ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २५.३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५४८ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार