२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एमाले 

 अध्यक्ष ओलीले भने : "  वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट "

गैरकानुनी बेथितिसँग चल्दै सरकार 

शुक्रवार , माघ १९, २०८०

 

काठमाडौँ, माघ ।  वर्तमान सरकार अलोकतान्त्रिक, भ्रष्ट र अन्यायपूर्ण भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको बताएका हुन् । 

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए ।  सत्ता गठबन्धन हार्ने भएपछि प्रधानमन्त्रीले अधिवेशन रोक्न लगाएको ओलीको दाबी छ ।

ुकस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ? डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरूले नै जित्नुपर्ने, उनीहरुकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको । 

यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानुनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानुनी बेथितिसँग चल्ने सरकार हो,’ ओलीले भने ।

अध्यक्ष ओलीले कुनै पनि स्वतन्त्र संस्थाहरूलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोपसमेत लगाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार