२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

 डा.कोइरालाले भने : " दाहाल सरकार असफल भयो, अब माधवलाई बनाऔं " 

' महासमिति भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठ्छ'

बिहिवार , माघ १८, २०८०

काठमाडौँ, माघ । सरकार सञ्चालनमा  प्रधानमन्त्री पुष्पकमल दाहाल असफल भइसकेको  नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताएका छन् । उनले अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका छन ।  

'प्रधानमन्त्री आफैं सरकारको काम कारबाहीबाट सन्तुष्ट हुनुहुन्न,' उनले भने,' त्यो भनेको प्रचण्डको सरकार असफल भयो भन्ने हो । अब ढिला नगरी पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।'

नेता कोईरालाले बिहीबार कावासोतीमा  नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्याक्रममा सञ्चारकर्मीहरूसँग उक्त कुरा बताएका हुन । 

सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने कोइरालाले बताए । 'यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छु,' कोइरालाले भने,' अब ढिला नगरी दलहरुको पूर्व सहमति अनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।'

माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने उनले सुनाए । ' यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छ'  कोइरालाले भने ।

कोइरालाले कांग्रेसको फागुन पहिलो साता काठमाडौंमा हुने महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठाउने जानकारी दिए । 

संविधानमा संघीयता लेखिए पनि व्यवहारमा केन्द्रले नै शासन भइरहेकाले यो विषय कांग्रेस महासमिति भेलामा एजेण्डासहित छलफल हुने कोइरालाले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार